free website hit counter

शिखर इन्स्योरेन्सको बीमा शुल्क आर्जन २ अर्ब

beemaadmin
२०८१ माघ ३०, बुधबार

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश सूचकमा प्रगति गरेको छ । कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म २५ करोड ७३ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा २.४८ प्रतिशतले बढी हो । कम्पनीले २५ करोड ११ लाख रुपियाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ५ करोड ३ लाख रुपियाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको तुलनामा यो ५.५८ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले १ अर्ब ९४ करोड १९ लाख रुपियाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । २ अर्ब ६५ करोड ४९ लाख रुपियाँ चुक्ता पुँजी भएको कम्पनीको रिटेन्ड अर्निङमा ४० करोड ७ लाख रुपियाँ, महाविपत्ति कोषमा १५ करोड १० लाख रुपियाँ र जगेडा कोषमा १ अर्ब ८१ करोड रुपियाँ सञ्चित छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार