free website hit counter

शिखर इन्स्योरेन्सको बीमा शुल्क आर्जन २ अर्ब

beemaadmin
२०८१ माघ ३०, बुधबार

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश सूचकमा प्रगति गरेको छ । कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म २५ करोड ७३ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा २.४८ प्रतिशतले बढी हो । कम्पनीले २५ करोड ११ लाख रुपियाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ५ करोड ३ लाख रुपियाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको तुलनामा यो ५.५८ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले १ अर्ब ९४ करोड १९ लाख रुपियाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । २ अर्ब ६५ करोड ४९ लाख रुपियाँ चुक्ता पुँजी भएको कम्पनीको रिटेन्ड अर्निङमा ४० करोड ७ लाख रुपियाँ, महाविपत्ति कोषमा १५ करोड १० लाख रुपियाँ र जगेडा कोषमा १ अर्ब ८१ करोड रुपियाँ सञ्चित छ ।

सम्बन्धित समाचार