free website hit counter

शिखर इन्स्योरेन्सलाई नेपालमै पहिलो पल्ट मेरिट प्रमाणपत्र

beemaadmin
२०८२ मंसिर १३, शनिबार

काठमाडौं । शिखर इन्स्योरेन्सले दक्षिण एसियाली लेखा परीक्षक महासङ्घ (एसएएफए) ले प्रदान गर्ने मेरिट प्रमाणपत्र प्राप्त गरेको छ । उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मानमा शिखरले यो प्रमाणपत्र पाएको हो । यो सँगै यो सम्मान प्राप्त गर्ने शिखर इन्स्योरेन्स नेपालको पहिलो बीमा कम्पनी बन्न सफल भएको छ ।
यो उपलब्धि शिखर इन्स्योरेन्सका लागि मात्र होइन, सम्पूर्ण नेपाली बिमा उद्योगका लागि पनि कोशेढुंगा भएको कम्पनीले जनाएको छ । एसएएफएद्वारा प्रदान गरिने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जवाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यता दिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ । यो सम्मानले शिखर इन्स्योरेन्सले पछिल्ला वर्षहरूमा अपनाउँदै आएको मजबुत सुशासन र वित्तीय अनुशासन प्रतिको निरन्तर प्रतिबद्धतालाई थप पुष्टि गर्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार