free website hit counter

शिखर इन्स्योरेन्सले पायो हकप्रद निष्काशनको अनुमति

beemaadmin
२०७६ माघ १८, शनिबार

काठमाडौं । नियामक निकाय बीमा समितिले चुक्ता पुँजी तोकिदिएपछि बीमा कम्पनीहरु आईपीओ र हकप्रद शेयर जारी गर्दैछन् । यही बेला शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बोर्डले कम्पनीलाई चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन अनुमति दिएको हो।

इन्स्योरेन्सले माघ १४ गते १० बराबर ३ अनुपातमा प्रति शेयर १०० अंकित मूल्यका ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो।

शिखर इन्स्योरेन्सले ठूला जोखिम तथा सम्पत्तीहरुको बीमा गर्दा कम्पनीको बहन क्षमता विकास गर्न नेटवर्थलाई थप वृद्धि गर्न आवश्यक भएका कारण चुक्ता पूँजी वृद्धि गर्नुपर्ने भएकोले हकप्रद निष्काशन गरी चुक्ता पूँजी बढाउन लागेको बताइको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रहेको छ। हकप्रद बिक्रीपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ। इन्स्योरेन्सको गत साउन २८ गते सम्पन्न चौधौं वार्षिक साधारण सभाबाट हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित भएको थियो। हकप्रद शेयर बिक्री गर्ने जिम्मेवारी एनआईबिएल क्यापिटललाई दिइएको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार