free website hit counter

शिशुलाई जङ्गलमा छाड्ने १७ वर्षे युवती प्रहरीको फन्दामा

beemaadmin
२०७७ असार १७, बुधबार

काठमाडौं । नवजात शिशुलाई जंगलमा फाल्ने युवती प्रहरीको फन्दामा परेकी छिन् । यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुकी आमालाई प्रहरीले सोमबार पक्राउ गरेको हो। प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिएका छन्। युवतीसँगै निसीखोला–१ का १९ वर्षीय दीपेन्द्र विकलाई पनि पक्राउ गरिएको भण्डारीले बताए। उनीहरुको पहिलेदेखिनै अवैध सम्बन्ध रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अवैध सम्बन्धबाट जन्मिएको बच्चालाई जङ्गलमा फालेर गुपचुप पार्न खोजिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिए। बच्चाको अवस्था सामान्य रहको बताइएको छ। बच्चालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार