free website hit counter

शेयर बजारमा उछाल, साढे ६ अर्बको कारोबार

beemaadmin
२०८० असार १०, आईतवार

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । साताको पहिलो दिन नेप्से ह्वात्तै माथि उक्लिंदा साढे ६ अर्ब हाराहारीमा कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६२.२१ अंकले बढेको हो । ३.०३ अंकले बजार बढ्दा नेप्से २११७.७३ अंकमा पुगेको छ । आज २७० कम्पनीका १ करोड ४७ लाख ५१ हजार २ सय ४७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६ सय ६५.८९ रुपियाँ बराबरको कारोबार भएको हो । विभिन्न १२ कम्पनीका शेयर लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । एनलाईसी नेपाल, हिमालयन लाइफ, एनएमबी५० र सामलिङ पावकार लगानीकर्ताहरुले १०–१० प्रतिशत नाफा कमाएका हुन् । त्यसैगरी बीपीडब्लू लघुवित्त, सिटी होटल, शिवम् सिमेन्ट, हिमालय उर्जा, नेपाल इन्स्योरेन्स, प्रभु लाइफ, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सका लगानीकर्ताहरुले ९ प्रतिशत बढी कमाएका छन् । त्यसैगरी शुभम् पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.८१ प्रतिशत ले घाटा व्यहोरेका छन् । आज शिवम् पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४९ करोड ९० लाख ७३ हजार ९ सय २०.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सम्बन्धित समाचार