free website hit counter

शेयर बजारमा सुधार, नेप्से २००० माथि उक्लियो

beemaadmin
२०८० भाद्र ५, मंगलवार

काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। बजार आज १७.६९ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २०१५.९८ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.३६ अंकले बढेर ३८५.९८ को विन्दुमा उक्लिएको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर १ अर्ब ३३ करोड रुपैयाँबराबरको कारोबार भएको छ।
मंगलबार वित्त समूह सर्वाधिक २.२१ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह १.६६ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.३७ प्रतिशत, विकास बैंक समूहमा १.१४ प्रतिशत, लगानी समूहमा ०.८५ प्रतिशत, जीवन बीमा समूहमा ०।४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.६० प्रतिशत, लघुवित्त समूहमा ०.४५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.१५ प्रतिशत, अन्य समूहमा १.४८ प्रतिशत र व्यापार समूहमा ०.५८ प्रतिशतको बढोत्तरी भएको छ।
आज नेप्सेमा सूचीकृत २७७ कम्पनीका ६० लाख ३१ हजार ३५६ कित्ता सेयर १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँमा किनबेच भएका छन्।यो दिन कुमारी बैंकको संस्थापक सेयरको सर्वाधिक २८ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। युनाइटेड अजोड इन्स्योरेन्सको ५ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ४ करोड ६२ लाख रुपैयाँ, सोल्टी होटेलको ४ करोड १४ लाख रुपैयाँ, घोराही सिमेन्टको ३ करोड ६८ लाख रुपैयाँ, आईएमई लाइफको ३ करोड ५१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २ करोड ८८ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ४६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड १४ लाख रुपैयाँ र प्रभु बैंकको २ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज कुथेली बुखरी स्मल हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। यो दिन लक्ष्मी लघुवित्त र सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै लुघवित्तको सेयरभाउमा ४ प्रतिशत बढीले ओरालो लागेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार