free website hit counter

शेयर बजार थप उचालियो, २३ अर्बको कारोबार

beemaadmin
२०८१ श्रावण ३०, बुधबार

काठमाडौं । शेयर बजार आज बढेर बन्द भएको छ । बजारमा हिजो झिनो करेक्शन आएको थियो । आज पनि दिउँसो १२ः२२ बजे बजार २९ सय अंकबाट घटेर २८८४.८ अंकमा झरे पनि बजार बन्द हुने समयसम्म पुग्दा पुनः हिजो भन्दा उचालिएर बन्द भएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमटेड नेप्सेका अनुसार आज बजार ३४.२९ अंकले बढेको हो । १.१७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २९५७.७५ प्रतिशत अंकमा उक्लिएको छ । समग्रमा बजार बढे पनि जीवन बीमा समूह ०.०८, लघुवित्त ०.७० र म्युचुअल फण्ड ०.९० प्रतिशतले घटेको छ । बाँकी समूहमा भने हरियाली छायो । आज सबैभन्दा बढी वित्त समूह ७.६७ प्रतिशतले बढेको छ । ३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३ सय ४० कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ४३ करोड ५ लाख ८१ ह्जार १ सय ५०.४८ रुपियाँ बराबरको कारोबार भएको हो । आज विभिन्न १३ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशतले बढी नाफा कमाएका छन् । त्यस्तै मन्दाकिनी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे । आज पनि हिमालयन रि को उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८६ करोड ५८ लाख ५८ हजार ३ सय ७.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । साताको पहिलो दिन आइतबार ९४.५३ अंकले बजार उचालिंदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९.९० रुपियाँ, सोमबार ७०.८१ अंकले बजार उचालिंदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७ सय ६५.८९ रुपियाँ र हिजो मंगलबार ८.१८ अंकले बजार घट्दा २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६ सय ३३.३१ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।

सम्बन्धित समाचार