free website hit counter

शेयर बजार थप उचालियो, २३ अर्बको कारोबार

beemaadmin
२०८१ श्रावण ३०, बुधबार

काठमाडौं । शेयर बजार आज बढेर बन्द भएको छ । बजारमा हिजो झिनो करेक्शन आएको थियो । आज पनि दिउँसो १२ः२२ बजे बजार २९ सय अंकबाट घटेर २८८४.८ अंकमा झरे पनि बजार बन्द हुने समयसम्म पुग्दा पुनः हिजो भन्दा उचालिएर बन्द भएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमटेड नेप्सेका अनुसार आज बजार ३४.२९ अंकले बढेको हो । १.१७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २९५७.७५ प्रतिशत अंकमा उक्लिएको छ । समग्रमा बजार बढे पनि जीवन बीमा समूह ०.०८, लघुवित्त ०.७० र म्युचुअल फण्ड ०.९० प्रतिशतले घटेको छ । बाँकी समूहमा भने हरियाली छायो । आज सबैभन्दा बढी वित्त समूह ७.६७ प्रतिशतले बढेको छ । ३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३ सय ४० कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ४३ करोड ५ लाख ८१ ह्जार १ सय ५०.४८ रुपियाँ बराबरको कारोबार भएको हो । आज विभिन्न १३ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशतले बढी नाफा कमाएका छन् । त्यस्तै मन्दाकिनी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे । आज पनि हिमालयन रि को उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८६ करोड ५८ लाख ५८ हजार ३ सय ७.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । साताको पहिलो दिन आइतबार ९४.५३ अंकले बजार उचालिंदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९.९० रुपियाँ, सोमबार ७०.८१ अंकले बजार उचालिंदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७ सय ६५.८९ रुपियाँ र हिजो मंगलबार ८.१८ अंकले बजार घट्दा २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६ सय ३३.३१ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार