free website hit counter

श्रीजनशील लघुवित्तले कमायो १ करोड नाफा

beemaadmin
२०८० भाद्र ५, मंगलवार

काठमाडौं । श्रीजनशील लघुवित्तले गत आर्थिक वर्षमा १ करोड बढी नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले १ करोड ११ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी ४७ लाख ४९ हजार रुपैयाँ ऋणात्मक थियो । चालु आर्थिक वर्षमा लघुवित्तले नाफा बढाएर शेयरधनीलाई लाभांश वितरण गर्नसक्ने हैसियत बनाएको छ। तर उसको खराब कर्जा ५ प्रतिशतभन्दा धेरै रहेकोले कम्पनीले लाभांश वितरण गर्न भने पाउदैन। वित्तीय विवरण अनुसार लघुवित्तले गत आर्थिक वर्षमा ८६ लाख ७९ हजार रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२ करोड ५१ लाख ५१ हजार रुपैयाँ छ भने १ करोड ५८ लाख ९७ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । खराब कर्जा ६.५१ प्रतिशतबाट घटेर ५.११ प्रतिशतमा झरेको छ। लघुवित्तको प्रतिशेयर आम्दानी १० रुपैयाँ १८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ५१ पैसा छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार