free website hit counter

श्रीमती साट्ने धनाढ्यहरु धमाधम पक्राउ

beemaadmin
२०७८ पुष २९, बिहीबार

एजेन्सी । यो कलियुग हो । यहाँ के सुन्नु र देख्नुपर्छ भन्ने कुराको सीमा रहेन । शारीरिक सम्बन्धका लागि श्रीमती साटासाट गर्ने ठूलो गिरोहको खुलासा भएको छ । खुलासा भएसँगै यो गिरोहमा संलग्न ७ जना पक्राउ परेका छन् । गिरोहमा १ हजारभन्दा धेरै जोडी सक्रिय रहेको समेत खुलासा भएको छ । भारतको केरलमा चलिरहेको यो गिरोह चलाउनको लागि ह्वाट्सएप र मेसेन्जरमा ग्रुपहरु बनाइएका थिए । यी ग्रुपमा १ हजारभन्दा धेरै जोडीहरु जोडिएका थिए । इण्डियन एक्सप्रेसका अनुसार कोट्टायमबाट पुलिसले ७ जनालाई गिरफ्तार गरेको छ र अन्य २५ जनाभन्दा धेरै पुलिसको निगरानीमा छन् । एक महिलाले आफ्ना पतिविरुद्ध पुलिसमा उजुरी दिएपछि यसको अनुसन्धानको क्रममा यो गिरोहको खुलासा भएको हो । महिलाले आफ्ना पतिविरुद्ध परपुरुषसँग शारीरिक सम्बनधको लागि बाध्य पारेको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । यसअघि कायमकुलममा पनि यस्तै घटना सार्वजनिक भएको थियो । यस विषयमा चांगनचेरीका डेप्युटी एसपी आर श्रीकुमारले भने ‘पहिले उनीहरु टेलिग्राम र मेसेन्जर ग्रुपमा जोडिन्थे त्यसपछि एक अर्कासँग भेट्थे । हामीले उजुरी गर्ने महिलाका पतिलाई गिरफ्तार गरेका छौं । यसको पछाडि ठूलो गिरोह छ र हामी अरु आरोपीको खोजी गर्दैछौं ।’
पक्राउ गरिएका आरोपीहरु केरलको अलाप्पुझा, कोट्टायम र एर्नाकुलमका हुन् । पुलिसले राज्यका कैयौं सम्भ्रान्त वर्गका व्यक्तिहरु यो गिरोहमा संलग्न रहेको पुष्टि गरेको छ । एक महिलाले आफ्ना पतिले परपुरुषसँग शारीरिक सम्बन्धका लदागि दबाब दिएको उजुरी गरेपछि महिलाका पति र उनका साथीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्दा यो गिरोहको खुलासा भएको हो । पुलिसका अनुसार यो गिरोहमा हजारभन्दा धेरै संलग्न छन् र शारीरिक सम्बन्धका लागि भारी मात्रामा महिलाहरु साटासाट भइरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार