free website hit counter

श्रीमानसँग देखिएकी परस्त्री आफैं परेपछि……

beemaadmin
२०७७ माघ १७, शनिबार

एजेन्सी । भनिन्छ नि शंकाले लंका जलाउँछ । यस्तै संकै शंकाको भरमा कति मानिसको जीवन चोला उडेको छ । आफ्ना श्रीमानको ‘अर्कै युवती’सँग आपत्तिजनक तस्वीर देखेपछि एक महिलाले श्रीमानलाई पटक पटक छुरा प्रहार गरेकी छिन् ।

मेक्सिकोकी यी महिलाले श्रीमानको मोवाइल फोनमा आफ्ना श्रीमान ‘अर्कै महिला’सँग यौनकार्यमा संलग्न भएको तस्वीर भेटेकी थिइन् । तर, उनले यो कुरा थाहा पाउन सकिनन् कि खासमा ती तस्वीरमा भएकी युवती अरु कोही नभएर उनी आफैं थिइन् ।

पुलिसले लियोनोरा आर मात्रै नाम बताएको र अन्य पहिचान नखुलाएकी ती महिला गत हप्ता पक्राउ परेको स्थानीय मिडियालाई उद्धृत गर्दै डेलीमेलले लेखेको छ । अधिकारीहरु लियोनाराको घरमा पुग्दा त्यहाँ कैयौं पटक चक्कु प्रहार गरेर घाइते भएका लियोनाराका श्रीमान जुआन एनलाई भेटेका थिए । उनको हात र खुट्टामा कैयौं पटक चक्कु प्रहार गरिएको थियो ।

लियोनाराले जुआन एक युवतीसँग यौनमा लिप्त भएको फोटो उनको फोनमा देखेपछि उनले आक्रमण थालेकी थिइन् । उनले फोटोमा देखिएकी युवती अर्कै युवती भएको विश्वास गरेकी थिइन् ।

जुआनलाई वास्तविकता बताउन समेत मौका नदिइ लियोनाराले तत्कालै चक्कु प्रहार गर्न थालेकी थिइन् । जुआनले जसोतसो संघर्ष गरेर लियोनाराको हातबाट चक्कु खोस्न सफल भएपछि उनले श्रीमतीसँग कुन फोटोको बारेमा कुरा गरेको भनेर सोधेका थिए ।

त्यसपछि मात्रै उनले ती फोटोहरु आफ्नो र लियोनाराकै भएको र यी फोटोहरु उनीहरुको बिहे हुनुपूर्व डेटिङका क्रममा खिचिएको बताएका थिए । लियोनाराले तत्कालै ती फोटोमा आफूलाई चिन्न सकेकी थिइनन् किनकि फोटोकी युवती जवान, पातली र मेकअप गरेकी थिइन् । जुआनका अनुसार उनले हालै ती फोटोहरु एउटा पुरानो इमेलमा भेटेपछि फोनमा डाउनलोग गरेका थिए ।

लियोनोराले पनि पछि फोटोमा आफू नै भएको थाहा पाएकी थिइन् । लियोनोरालाई हिरासतमा राखिएको छ । जुआनको चोटको स्थितिबारे कुनै जानकारी दिइएको छैन । यद्यपि उनलाई कैयौं चोट लागेको भए पनि उनी निको हुने अपेक्षा गरिएको छ । छिमेकीहरुले उनीहरुको घरभित्र चिच्याएको आवाज सुनेपछि पुलिसलाई खबर गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार