free website hit counter

श्रीले पायो पोखरा उडानको अनुमति

beemaadmin
२०७६ माघ २१, मंगलवार

काठमाडौं। निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौं–पोखरा उडान अनुमति पाएको छ। कम्पनीले छ महीना अघि ल्याएको टर्बोप्रोप क्यु (४०) जहाजमार्फत काठमाडौं–पोखरा उडान गर्न अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। कम्पनीले गत माघ छ गते प्राधिकरणको इन्जिनीयरिङ विभागका कर्मचारी सहितको सहभागितामा काठमाडौं–पोखरा परीक्षण उडान गरेको थियो।
कम्पनीले हाल दुईवटा ५० सीटे सीआरजे (२०), दुईवटा ७८ सीआरजे (७०) मार्फत धनगढी, विराटनगर, नेपालगंज, भरतपुर र भैरहवा लगायत मुलुकका विभिन्न गन्तब्यमा उडान गर्दै आएको छ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार