कम्युनिटी केयर नेपाल समुदायको हरेक सदस्यलाई समेट्दै सामाजिक विकास तथा उत्थान सेवामा टेवा पुर्याउनको लागी संयुक्त पहलको आवश्कता पूरा गर्न निस्वार्थ भावनाबाट प्रेरित भई बूढानीलकण्ठ नगरपालिकाको सामाजिक, आर्थिक, साँस्कृतिक विकासमा लाग्न उत्प्रेरित गर्नका साथै समाजमा जनचेतना जगाई शिक्षा, स्वास्थ्य, खेलकूद, कला, साहित्य, संस्कृति, पर्यटन र सिप विकासको अगुवाई गर्ने उदेश्यले स्थापना भएको मुनाफा रहित सामाजिक संस्था हो । समाजमा रहेका हरेक जात, वर्ग, धर्म र लिङ्गलाई समान ब्यवहार गर्दै समाजमा कुनै प्रकारको विपती, भैपरी समस्या परिआएमा यस संस्था राहतको लागी अग्रसर समेत हुनुका साथै समुदायमा बेरोजगारीको समस्यालाई न्यूनिकरण गर्न बिभिन्न सिपमूलक तालिम संचालन गर्ने, महिला सशक्तिकरण एवम् बालबालिकाको हकहितको लागी समुदायमा बिभिन्न अभिमुखिकरण तालिम तथा कक्षा पनि संचालन समेत गर्ने छ । सामाजिक, साँस्कृतिक, धार्मिक र प्राकृतिक विविधतामा रहेको बूढानीलकण्ठ नगरपालिका सृष्टिको एक अनुपम उपहार हो । भनिन्छ अकबरी सुनलाई कसी लगाउनु पर्दैन भएता पनी संस्थाले आफ्नो उदेश्यमा रहेर बूढानीलकण्ठ नगरपालिकाको बिकासमा टेवा पुर्याउन बिभिन्न किसिमका कार्यक्रमहरू गर्दै आईरहेका छौं । जस मध्ये स्थानीय समुदायमा रहेका विभिन्न भाषा(भाषी, भेषभूषा, धर्म, कला, सँस्कृति र प्रकृतिको जगेर्णा गर्दै यसैको माध्यम बाट बूढानीलकण्ठ नगरपालिकालाई राष्टिय तथा अन्तर्राष्टिय जगतमा चिनाउने उदेश्यका साथ मिति २०७६ भाद्र २१ गते बूढानीलकण्ठ नगरपालिका वडा न। ११ स्थित बँगलामुखी मन्दिरको प्राङ्गन ९कपन संगित सरोवर० मा नगरपालिका भित्र बसोबास गर्ने ब्राहमण, क्षेत्री, नेवार, तामाङ्ग, मगर, शेर्पा लगाएत बिभिन्न जातजातिहरुको जातिय भेषभूषा र मौलिक बाजा सहितको बृहत बूढानीलकण्ठ साँस्कृतिक मेला गरेका थियौ भने बिध्यालय स्तरबाटै राम्रो खेलाडी उत्पादन गरी खेलकूदको माध्यमबाट बूढानीलकण्ठ नगरपालिकाको विकासमा टेवा पुर्याउने उदेश्यका साथ मिति २०७६ माघ १४ गते देखि १८ गते सम्म बूढानीलकण्ठ नगरपालिका वडा न। १० स्थित ह्याण्डबल चौरमा बूढानीलकण्ठ नगरपालिका स्तरीय अन्तरबिध्यालय सेभेन “ए” साइड फुटबल प्रतियोगिता आयोजना गरेका थियौं ।
कोरोनाको कहर
कुनै पनि प्रकोप, बिपति र महामरी बाजा बजाएर आउदैन । सय बर्षको अन्तरालमा विश्वमा महामारी आउछ भन्ने कथन छ । तर हामीले ४ बर्षमा २ ठूला महामारीको सामना गर्नुपरेको छ । २०७२ बैशाख १२ मा भूकम्पको सामना गरका हामी मात्र हैन विश्व नै आज नोवेल कोरोना भाईरस ९कोभिड(१९० सँग लडिरहेको छ । सहि समयमा सहि तरिकाले प्रकोप, बिपति र महामरीको ब्यवस्थापन गर्न सकेन भने सानो कुराले ठूलो क्षति गर्छ भन्ने कुराको ज्वलन्त उदाहरण नोवेल कोरोना ९कोभिड(१९० भाईरसले दिईरहेको छ । २०१९ डिसेम्बर मा चीनको वुहान प्रान्तमा देखापरेको यो भाईरसलाई सुरुसुरुमा सबैले सामान्यरुपमा लिएका थिए । तर यसले छ महिनाको अन्तरालमा कसैले पनि कल्पना गर्न नसक्ने गरी करीब २१७ मुलुकका आजको वैग्यानिक युगलाई समेत माथ खुवाउने गरी लाखौ मानिसहरुलाई संक्रमित मात्र हैन मृत्युको शिकार पनि बनाएको छ । महामरी सँग लड्ने तरिका चाँहि फरक हुँदो रै’छ । भूकम्पमा घर बाहिर बसेर लडेका हामी अहिले घर भित्रै बसेर लडिरहेका छौ । विश्वयुदमा हतियार सहित मानिस मानिस बीच युद हुन्थ्यो भने अहिले विश्वयुद भन्दा पनि ठूलो युद मानिस र अदृश्य भाईरस बीच बिना हतियार चलिरहेको छ । यो भाईरसका कारण संसारमा सबै उध्योग,कल(कारखाना, शैक्षिक संस्था, ब्यापारिक केन्द्र आदि बन्द भएका छन् भने विश्वको अर्थतन्त्र धरासायी अवस्थमा पुगेको छ । समयमै रोकथाम तथा नियन्त्रण भएन भने यसले भयावहको स्थिति सृजना गर्न सक्छ । फलस्वरुप रोग सँगै भोक र डरले धेरैले अकालमा ज्यान गुमाउने छन् । संसारका सबै राष्टहरु अहिले यो रोगको औषधि र भ्याकसिन पत्ता लगाउन अहोरात्र खटिरहेका छन् तर अहिले सम्म सफल हुन सकिरहेका छैनन् । औषधि र भ्याकसिन पत्ता नलागेसम्म कोरोना भाईरसको निर्मूल हुने सम्भावना पनि छैन । यस्तै अवस्था रहने हो भने यो महामारीबाट विश्वमा अझै लाखौ मान्छेहरुले ज्यान गुमाउने छन । अहिले यस्तो बिषम परिस्थितिमा यो महामारीबाट बच्ने प्रमुख उपाय भनेको नेपाल सरकारले २०७६ चैत्र ११ गते जारी गरेको लकडाउनको पूर्ण पालना गर्नु नै हो । यसको अलावा भाईरसबाट बच्न बेला बेलामा साबुन पानिले हात धुने, सेनेटाइजरको प्रयोग गर्ने, कसै सँग हात नमिलाउने, सकभर बाहिर ननिस्किने निस्किनै पर्ने भएमा मास्क, चस्माका साथै बाहुला भएको लुगा लगाउने, भौतिक दूरी कायम गर्ने, हाच्छिऊ गर्दा वा खोक्दा कुहिनाले मुख छोप्ने गर्नु पर्छ भनेर प्राय सबैले थाहा पाईसकेका छन् । भारत सँगको नाका र जिल्ला जिल्लामा प्रवेश गर्ने नाकामा कडाई गर्न नसक्नाले नेपाल पनि कोरोना भाईरसको जोखिम राष्टमा परिसकेको छ । भारत सँगको खुल्ला सिमाना बाट रातारात गैह्र कानुनीरुपमा लाखौ नेपाली नागरिकहरु नेपालमा प्रवेश गर्दैगर्दा उनीहरुले आफु मात्र हैन आफुसँगै कोरोना भाईरसलाई पनि प्रवेश गराइरहेका छन् । फलस्वरुप नेपालमा पनि ३७ जिल्लामा कोरोना भाईरस संक्रमण फैलिसकेको छ । संक्रमण फैलिनेक्रममा संक्रमित र मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गइरहेको छ । लकडाउन कहिले सम्म लम्बिने हो कसैलाई थाहा छैन । कोरोना भाईरसको संक्रमित भेट्ने बित्तिकै सिल गर्ने क्रमबढ्न थालेको छ । लकडाउन होस या सिल जे गरेतापनि परिक्षणको दायरा नबढाउने हो भने हामिले पनि इटाली, अमेरिका, स्पेनको नियति भोग्नु नपर्ला भन्न सकिन्न । त्यसैले सकिन्छ सबैको नसके कम्तिमा एक घर एक सदस्यको भएपनि पिसिआर परिक्षण गर्नु पर्छ । दिनरात घामपानि नभनी जनताको सेवामा अहोरात्र खट्ने जनप्रतिनिधि,समाजसेवी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीले नै पो समुदायमा भाईरस सार्छ कि भनेर आम नागरिकहरु डराईरहेका अवस्थामा उनीहरुको स्वास्थ्य परिक्षण गरेर मनोबल उच्च हुने र प्रोत्साहन हुने खालको कार्यक्रमहरु गर्नु पर्छ । समय तोकेर खाध्य स्टोरहरु खोल्दा बढि भिडभाड हुने भएकोले एक घर एक पासको ब्यवस्था गरी खाध्य स्टोरहरु चौबिसै घन्टा खुल्ला गर्नु पर्छ । भिडभाड हुने ठाँउहरुलाई पूर्णरुपले बन्द गर्नुका साथै अतिआवश्यक सामाग्री ९औषधि र खाध्य सामाग्री० किन्न बाहेक अरु समयमा बाहिर हिडडुल गर्न र गराउन बन्देज लगाउनु पर्छ । बिदेश अनि भारतको सिमानामा अलपत्र परेका नागरिकहरुको सर्वभौम मौलिक अधिकारको सुनिश्चितता गर्दै तत्काल नेपाल ल्याएर मापदण्ड अनुरुपको ब्यवस्थित क्वारेनटाइनमा राख्नुपर्छ । स्थानीय स्तरबाट “मामको लागी काम” अभियान चलाई ज्याला मजदुरी गर्नेलाई बिकास निर्माण कार्यमा लगाउन सके राहात बितरणमा सहज हुन सक्छ । अहिले हाम्रो लडाई रोग सँग भएको हुनाले तिनै तहको सरकार, संघ(संस्था सबै राहात बितरण भन्दा बढि कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रमा केन्द्रित हुनुपर्छ ।
कोरोना बिरुद कम्युनिटी केयर नेपालको अभियान
अहिलेको जटिल परिस्थितिमा बिभिन्न सामाजिक संघ(संस्था, राजनैतिक दल र स्थानिय सरकारले आ(आफ्नै तवरबाट कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रण अभियानमा लागिपरेका छन् । बूढानीलकण्ठ नगरपालिकाको सामाजिक कार्यमा अग्रस्थानमा रहेर काम गर्दै आईरहेको कम्युनिटी केयर नेपालले लकडाउन घोषणा गर्नुअघि देखि नै कोरोना बिरुद बिभिन्न किसिमका गतिबिधि गर्दै आईरहेका छौ । कम्युनिटी केयर नेपालले २०७६ चैत्र ८ गते गोल्फूटार चोक देखि बूढानीलकण्ठ मन्दिरको प्राङ्गनसम्म पैदल यात्रा गरी कोरोना भाईरस सम्बन्धि चेतनामूलक पर्चा र मास्क वितरण गरी कोरोना बिरुद अभियान सुरु गरका थियौ । त्यस पछि बूढानीलकण्ठ नगरपालिकाको बिभिन्न ठाउँमा जन(चेतनामूलक कार्यक्रम संचालन गर्नुका साथै बूढानीलकण्ठ नगरपालिका वडा नं। १३ स्थित करिब ६०० घरधुरीमा सेनेटाइजर वितरण गरेका छौ । कोरोना भाईरस पिडितलाई सरकारले राहात दिने घोषणा गरे लगतै बूढानीलकण्ठ नगरपालिकामा अधिकांस पिडितहरुको नाम संकलन गरी लागी स्थानिय सरकारलाई बुझायौ । रक्तदान नै जीवनदान भन्ने मूलनारालाई आत्मसाथ गर्दै अहिलेको बिषम परिस्थितिमा कसैले पनि रगतको अभावले अकालमा ज्यान गुमाउन नपरोस भनेर रक्तदान गर्यौ । स्थानिय निकायले राहात दिएता पनि एक पल्ट दिएको राहातले लकडाउन भरी खान पुग्दैन भनेर जस जसले जनता भोकै सुत्न नपरोस भनेर खाना खुवाउने अभियान चलाए, ति अधिकांश अभियानकर्ताहरुलाई खाध्य सामाग्री वितरण गरका छौ । बूढानीलकण्ठ नगरपालिका भित्रका केहि बाल गृहहरुलाई आवश्यकता अनुरुप खाध्य सामाग्री वितरण गरका छौ । सरकारले लकडाउन घोषणा गरे लगतै सबैजना घर भित्रै बसे तर दिनरात, घरपरिवार नभनी अहोरात्र हाम्रो सेवामा खट्नुहुने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मी अहिलेका सामाजिक हिरोहरू हुन । उनीहरु सुरक्षित भएमा मात्र हामी सुरक्षित हुन्छौ भन्ने मान्यताका साथ बूढानीलकण्ठ नगरपालिका केहि स्वास्थ्य चौकी र सम्पूर्ण प्रहरी प्रभाग तथा बिटहरुमा स्वास्थ्य सामाग्रीहरू ९पिपिई, मास्क, सेनेटाइजर,पन्जा० वितरण गरेका छौ भने केहि दिन भित्र बाँकि स्वास्थ्य चौकीहरुमा पनि वितरण गर्ने छौं । अहिले सम्म हामीले ४१ वटा पिपिई, ५००० वटा मास्क, ५० लिटर सेनेटाइजर, १३ बट्टा सर्जिकल पन्जा, ४० बोरा चामल, ७० प्याकेट नून, २० केजी मस्यौरा, ६६ प्याकेट तेल लगायतका सामाग्री बितरण गरेका छौ । आजकाल कोरोना भाईरसको डरले मानिसहरु अस्पताल जान सकेका छैनन् । ज्वरो मात्र आउदा पनि कोरोना होकि भनेर शंका गर्ने र रोग लुकाएर बस्न सक्नेहुनाले कोरोना भाईरसले भन्दा अरु रोगले ज्यान गुमाउने संभावनालाई मध्यनजर गर्दै स्वास्थ्य शिविर गर्ने योजना बनाएका थियौ तर उपत्यकामा पनि कोरोना भाईरस संक्रमितको संख्या बढ्दै गईरहेको अवस्था जोखिम लिएर स्वास्थ्य शिविर गर्दा त्यसले भयावह अवस्था सृजना गर्नसक्छ भनेर तत्कालको लागि स्थित गरेका छौ । कोरोना भाईरसको संक्रमण नियन्त्रणमा आईसकेपछि उच्च प्राथमिकताका साथ आवश्यकता हेरी ठाँउ(ठाँउमा स्वास्थ्य शिविर गर्ने नै छौ त्यसको अलवा नोवेल कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि बिभिन्न गतिबिधिमा गरिरहने छौ किनकि कोरोना भाईरस बिरुद कम्युनिटी केयर नेपालको अभियान जारी छ ।
अन्त्यमा, कम्युनिटी केयर नेपालको नोवेल कोरोना ९कोभिड(१९० भाईरस बिरुदको अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरुलाई हृदय देखि नै आभार व्यक्त गर्दै आगामी दिनहरुमा यस्तै साथ सहयोगको अपेक्षा गरेका छौ ।
“ आफु पनि बाचौं, अरुलाई पनि बचाऔं”