free website hit counter

संक्रमणबाट बिध्यार्थिलाई कसरी सुरक्षित राख्ने ?

beemaadmin
२०७७ बैशाख २९, सोमबार

विश्व स्वास्थ्य संगठन ( WHO ) ले भारत र नेपालमा कोरोना संक्रमणको उच्च प्रकोप जुन र जुलाईमा हुने जनाएको छ | विश्वभर भइरहेका अनुसन्धान अनुसार कोरोना भाइरस संक्रमण २०२२ सम्म रहने जनाएका छन् | कोभिड १९ बिरुद्धको खोप तथा औषधि आविष्कार भएर बजारमा आउन ६ महिनादेखि डेढ बर्ष लाग्ने अनुसन्धानविदले बताएका छन् | यो अबधिमा सामाजिक दुरी कायम राख्ने, हात धोइरहने, मास्क / पंजा / चस्मा आदिको प्रयोग गर्ने लगायत रोकथामका उपाय गर्नुको बिकल्प छैन |
.
कोरोना संक्रमणले बिद्यार्थीलाई ठूलो असर गरेको छ | यो महामारीको विच पठनपाठन सुरक्षित बनाउन सरकार तथा बिद्यालयले निम्न लिखित उपाय अबलम्बन गर्नु जरुरी छ |
.
– सम्बन्धित कक्षाको पाठ्यक्रम अनुसार अनलाइन कक्षामा एकरुपता ल्याउने | त्यसको लागि सरकार र विद्यालयले बिद्यार्थीलाई हाइस्पीडको इन्टरनेट निशुल्क उपलब्ध गराउने |
– रेडियो तथा टेलिभिजनमार्फत निश्चित समयमा पाठ्यक्रम अनुसार पढाउने |
– रोकिएका परीक्षामध्ये ११ कक्षासम्मको रिजल्ट अघिल्लो परीक्षाको अनुसार प्रकाशित गर्ने |
– स्कुलबसमा सामाजिक दुरी कायम नहुने भएको हुँदा आफ्नो एरियाको स्कुलमा भर्ना गर्ने |
– भौतिक दुरी कायम गर्न स्कुलमा प्रि फ्याबका टहरा बनाउने |
– घटीमा १ मिटरको दुरी हुने गरि प्रत्येक बिध्यार्थिलाई सिंगल टेबल जोडिएको कुर्सिको ब्यबस्था गर्ने |
– बिद्यालयको गेटमा बिद्यार्थी तथा शिक्षकको दैनिक रुपमा तापक्रम लिने तथा रुघाखोकी लागे नलागेको परिक्षण गरेर मात्र बिद्यालयभित्र जाने अनुमति दिने |
– मास्क, चस्मा तथा पंजालाई अनिबार्य गर्ने |
– बिद्यालयको धेरै ठाउंमा साबुनपानी, ह्याण्ड स्यानिटाइजर तथा मास्क राख्ने |
– सौचालयको संख्या बढाउने | सौचालयलाई पटक पटक निर्मैलिकरण गर्ने |
– सामुहिक गतिबिधि जस्तै प्रार्थना, खेलकुद वा अन्य गतिबिधि नगर्ने |
– स्कुल बस तथा भ्यानलाई साबुनपानी, क्लोरिन पानी र लाइसोलले दैनिक धोएर निस्संक्रमित बनाउने |
– भौतिक दुरी कायम गर्नको लागि हरेक कक्षाका बिद्यार्थीलाई १ दिन बिराएर स्कुल जाने ब्यबस्था गर्ने | यसोगर्दा बिद्यालय आउने दिन प्रयोगात्मक शिक्षा लगायत पढाउने तथा अर्को दिनको लागि होमवर्क दिने एबम अनलाइन कक्षा गर्ने |
– भर्ना शुल्क, मासिक शुल्क लगायतमा एकरुपता ल्याउने | यो संकटको बेला सेवामुखी र आत्मनिर्भर बन्ने | मुनाफाको योजना कोरोना संक्रमण नियन्त्रण भएपछि मात्र बनाउने |
– होस्टेल सकभर नचलाउने |
.
सबैले बुझ्नु जरुरी छ कि स्कुलमा १ जना संक्रमित भएमा पुरै विधार्थीलाई रोग सर्ने, उनीहरुको अभिभावकलाई सर्ने हुँदै समाजमा संक्रमण फैलिन सक्छ | त्यसैले जीवनलाई पहिलो प्राथमिकतामा राखौं | आफ्नो नाफाघाटाको लागि जोखिम मोलेर स्कुल तथा स्कुल बस संचालन नगरौं |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार