free website hit counter

संक्रमण भयाबह बन्दै, थप ५७४३ जना थपिँदा, उपत्यकामा एकै दिन ३१०७ संक्रमित, २६ जनाले ज्यान गुमाए

beemaadmin
२०७७ कार्तिक ५, बुधबार

 

काठमाडौं । दशैं नजिकिँदै जाँदा कोरोना संक्रमण भयावह बन्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ९९६ छ। योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भएका छन्। आज देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्।

उपत्यकामा एकै दिन ३१०७ नयाँ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३९१ , ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनालाई कोरोना संक्रमण देखिएको छ।

थप २६ जनाको मृत्यु
नेपालमा एकै दिन २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ५ हजार ७ सय ४३ जना जना भेटिएसँगै संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ। कुल संक्रमितमध्ये ४४ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्।
कोरोनाको आशंकामा गत २४ घण्टामा २० हजार १ सय १८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १३ लाख ३४ हजार ८ सय ९७ पुगेको छ। हाल ४ हजार ६५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार