free website hit counter

संघीय सरकारलाई सर्वोच्चको झड्का

beemaadmin
२०७६ मंसिर २५, बुधबार

काठमाडौं । सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रदेश नं. २ ले संघीय सरकारविरुद्ध हालेको मुद्दामा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा नेतृत्वको इजलासले प्रदेश नं. २ मा अवस्थित सागरनाथ बन वरियोजनालाई टिम्बर कर्पोरेशनमा गाभेर बन नियमन कम्पनीमा गाभ्ने संघीय सरकारको निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । संघीय सरकारले गत जेठ २३ गते उक्त बन परियोजनालाई दि टिम्बर अब कर्पोरशेनमा बिलय गराएर छुट्टै बन निगम कम्पनी दर्ता गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध आक्रोशित भएको प्रदेश २ सरकारले नेपालको संविधानको अनुसुचि ६ को १९ नम्बरमा राष्ट्रिय बन प्रदेश अन्तर्गत रहने भन्दै संघीय सरकारविरुद्ध मुद्दा दर्ता गरेको थियो । प्रदेश २ को महोत्तरी, सर्लाही, रौतहटमा करिब १३ हजार हेक्टर क्षेत्रफलमा फैलिएको उक्त बन परियोजनास्थलमै संघीय सरकारको यो निर्णयपछि प्रदेश २ सरकारको मन्त्रिपरिषद्को बैठक समेत बसेको थियो । संघीय सरकारको निर्णयविरुद्ध दबाव दिने उद्देश्यले उक्त परियोजनास्थलमै मन्त्रिपरिषद्को बैठक राखिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार