free website hit counter

संसद हलभित्रै सांसद अश्लिल भिडियो हेर्दाहेर्दै समातिए

beemaadmin
२०७७ आश्विन ३, शनिबार

एजेन्सी । जनताको आवाज बोल्ने प्रतिनिधि बनेर संसद छिरेको एक सदस्यको ध्यान कहाँ छ भन्ने कुरा थाइल्याडमा भएको एउटा घटनाले देखाएको छ । संसद बैठक चलिरहेका बेला एक जना सांसद बैठककै बीचमा आफ्नो मोवाइलमा अश्लील भिडियो हेर्दै गरेको अवस्थामा समाथिएपछि थाइल्याण्डमा हंगामा भएको छ । यहाँ बिहीबार संसदमा बैठक पेश भइरहेको थियो । यस क्रममा एक सांसद आफ्नो मोवाइलमा पोर्न हेर्दै गर्दा रंगेहात समातिएका हुन् । सांसदको नाम रोनाथेप अनुवत हो ।

पोर्न हेर्दै गर्दामा उनका कैयौं तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । बताइएअनुसार संसदमा बजेट सत्र चलिरहेका बेला रोनाथेप अनुवतले आफ्नो मोवाइल निकाले र अचानक त्यसलाई टेबलमुनि राखेर केही हेर्न थाले । उनको यो क्रियाकलाप पत्रकारको नजरमा पर्यो । क्यामेरापर्सनले उनका केही तस्वीर पनि खिचे । जूम गरेर खिचिएका तस्वीरमा सांसद रोनाथेपले आफ्नो मोवाइलमा पोर्न हेरिरहेको प्रस्ट देखियो । डेलीमेलको रिपोर्टअनुसार यो घटनाले हंगामा मच्चिएपछि सांसद रोनाथेपले सफाइ दिएका छन् । उनले आफूलाई एउटा म्यासेज आएको जसमा एक युवतीको नग्न तस्वीर भएको बताएका छन् । सुरुमा उनलाई लाग्यो कि कुनै गुण्डाले युवतीसँग जबरजस्ती गरिरहेको छ । तर, पछि उनले सुने कि ती युवतीले पैसा मागिरहेकी छिन् । त्यसपछि आफूले फोटो डिलिट गरेको उनले सफाइमा बताएका छन् । सरकारी अधिकारीले उनलाई यस विषयमा औपचारिक पत्र लेख्दै स्पष्टीकरण मागेको छ ।

संसदका सभामुख चुआन लिकपाइने भने यो घटना व्यक्तिगत भएको बताएका छन् । उनले मोवाइल बैठक कक्षमा प्रयोग गर्न पाइने कि नपाइने भन्ने कुनै नियम नभएको बताउँदै फोनमा कसले के हेरिरहेको छ भन्ने व्यक्तिगत विषय भएको बताएका छन् । सांसद रोनाथेपविरुद्ध कुनै उजुरी दर्ता गरिएको छैन । थाइल्याण्डको संसदमा यस किसिमको घटना भएको यो पहिलो पटक भने होइन । २०१२ मा पनि सांसद नाट ब्यानटेडटन पनि संसदमा पोर्न फिल्म हेरिरहेका बेला समातिएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार