free website hit counter

सकारात्मक दिशातर्फ मोडिँदै सेयर बजार

beemaadmin
२०७७ भाद्र १५, सोमबार

मुुलुकका धेरै भूभाग हाल कोभिडको सङ्क्रमण न्यूनिकरणका लागि निज्ञेषाज्ञा झेल्दैछ । आर्थिक गतिविधि प्रायः ठप्प अवस्थामा रहेको छ । यस्तो अवस्थामा पनि सेयर बजारमा उछाल भने जारी छ ।  वर्तमान अवस्थामा सेयर बजारमा माथि जाने र तल जाने केही आधारहरू केलाउँदा यस्तो देखिन्छ ।

बजार माथि जाने आधारहरू

कारोबार रकम दिनानुदिन बढदो छ । कोभिडको समयमा सबै क्षेत्रका लगानीकर्ता घरभित्र बस्न बाध्य हुने अवस्था र बजारमा भने कारोबार घरबाटै गर्न सकिने वातावरण निर्माण हुँदै जानुले बजारमा कारोबार उच्च हुन पुगेको हो । बैंक वित्तीय सस्थाहरूसँग ठूलो मात्रामा तरलता हुनु र बजारमा लगानीको सम्भावनाहरू कम हुँदै गएको वर्तमान परिवेशमा सेयर कर्जा आगामी दिनमा अझै सस्तो हुने देखिन्छ । त्यसले बजारमा ठूलो मात्रामा रकम सेयर लगानीको रुपमा भित्रने निश्चत छ ।

नेपाली सेयर बजार प्रविधि मैत्री हुँदै गएका छ । अबका दिनमा ब्रोकर कार्यालय गएरै कारोबार गर्ने अवस्था छैन । संसारका जुनसुकै ठाउँबाट पनि कारोबार सहज बनेको छ । इन्टरनेटको पहुँच भएको ठाउँबाट कारोबार सम्भव भएको छ । धितोपत्र कारोबार थप प्रविधि मैत्री हुने क्रममा हाल प्राथमिक सेयर निष्काशन, बाँडफाड र त्यसको सूचीकरण समेत निकै छिटो हुने वातावरण निर्माण भएको छ ।

यस्तो प्रविधि मैत्री हुनुले लगानीकर्तालाई निकै हौस्याएको छ । प्राथमिक सेयरमा लगानी गरेका लगानीकर्तालाई सेयर परेको अवस्थामा दोस्रो बजारमा पनि त्यस्ता लगानीकर्ता सक्रिय हुन थाल्ने अवस्थाले आगामी दिनमा सेयरको माग उच्च बनाउने र त्यसले बजारमा सकारात्मक प्रभाव पार्ने निश्चित छ । सेयर बजार प्रविधि मैत्री हुँदै जादा प्राथमिक सेयरमा लगानीका लागि लामो लाइन बस्नुपर्ने र सेयर सूचीकरण हुन महिनौ लाग्ने अवस्थाको अन्त्य भइसकेको छ । प्राथमिक सेयरमा दश कित्ता नै भए पनि सेयर धेरै लगानीकर्तालाई पर्ने हालको व्यवस्थाले बजारमा लगानीर्ताको उल्लेख्य उपस्थिति बढाउने निश्चित छ ।

त्यसैगरी हाल सेयर विक्री भएको चार दिन भित्रै पैसा आफ्नो खातामा आउने र सेयर खरिद गर्नेले पनि कनेक्ट आइपीएस, अनलाइन बैकिङ्ग जस्ता माध्यमबाट सेयर खरिद विक्री गरेको रकम खातामा आउने र भुक्तानी गर्ने व्यवस्था हुँदै आएको छ । सेयर कारोबारका लागि अनलाइन प्रविधि लिने र भुक्तानीका लागि अनलाइन भुक्तानी प्रणाली लिने लगानीकर्ता दिनानुदिन बढ्दो छ । जसले आगामी दिनमा कारोबार उच्च हुने निश्चित छ । कारोबार उच्च हुनु भनेको बजार माथि जाने बलियो आधार पनि हो ।

ऋणको व्याजदरमा कमी आउनु र निक्षेपको व्याजदर घटनुले बैंकका पैसा राख्नुभन्दा बजारमा लगाउन लगानीकर्ताको हितमा हुने भएकोले सेयर बजार माथि जाने बलियो आधार निर्माण भएको छ । जुन केही बर्ष पहिलेसम्म निक्षेपमा नै द¥हो व्याज पाउने अवस्थामा अन्त्य भएको छ । हाल बैंक वित्तीय सस्थाहरूसँग प्रसस्त मात्रामा तरलता भएको अवस्था छ भने सेयर धितो कर्जाको व्याजमा पनि दिनानुदिन कमी आउने निश्चित भएकोले त्यसले खरिदको चाप बढने र बजारमाथि जाने आधार निर्माण हुने देखिन्छ । त्यसैगरी नागरिक लगानीकोष तथा कैयन म्युचुअपल फण्ड र इनभेष्टमेन्ट फण्डहरू पनि आकर्षित भएको अवस्थाले पनि बजारलाई सकारात्मक दिशातर्फ मोडन सघाउ पु¥याउने देखिन्छ ।

करे कारोना सङ्क्रम अघिको बजार पनि उकालो लाग्ने अवस्थामा नै थियो । झण्डै चार बर्षभन्दा बढी ओरालो लागेको बजारले गति लिदै गरेको अवस्थामा विश्वव्यापी माहामारीले केही बाधा अवश्य पनि पुगेको छ । तर यो रोगको खतरा कम हुने वित्तिकै बजारले उच्च गति पकडदै माथि जाने निश्चित छ । यस्तो अवस्थामा आफूले खरिद गर्ने सेयर घोडाको रफ्तारमा उकालो लाग्छ वा गधाको गतिले दौडन्छ त्यसका लागि भने लगानीकर्ताको सुझबुझपूर्ण लगानी नै महत्वपूर्ण हुने देखिन्छ । अबका दिनहरूमा रोगको न्यूनिकरणसँगै बजारमा सकारात्मक वेभ आउने र त्यस्तो चक्र आगामी तीन चार बर्ष निरन्तर चल्ने निश्चित छ ।

बजार बढने दिशामा विद्यमान चुनौतिहरू
बजारमा उच्च कारोबार हुन थाल्नुमा लकडाउनको अवस्थामा नै धेरै लगानीकर्ताले अनलाइन सेवा लिन भ्याएका छन जसले कारोबार सजिलो अवश्य पनि भएको छ तर लगानीकर्तालाई अनलाइन कारोबारको बारेमा उपयुक्त ज्ञान नहुनु, उचित तालिमको व्यवस्था नहुनु समस्या छ । त्यसैगरी नेप्सेको सफ्टवेयर प्रविधि मैत्री हुँदा हुँदै पनि कारोबारका लागि एक पटक राखेको माग बारम्बार आफै हुनु जस्ता त्रुटीहरूको मार लगानीकर्ताले भेल्नु परेको छ ।
बजार माथि जाने निश्चत भए तापनि लगानीकर्ताले सही कम्पनी रोज्न नसकेको अवस्थामा भने लामो समयसम्म बजार नयाँ उचाइमा पुग्दा पनि खासै लाभ लिन सक्ने अवस्था नहुने भएकोले कुन सेयर खरिद गर्ने भन्ने कुरा भने निकै अहम रहेको पाइन्छ ।
अर्थमन्त्री परिवर्तन वा निरन्तरताको पनि बजारमा हल्लाको भरमा नकारात्मक असर पार्ने प्रयास जारी छ । सो पनि बजार माथि जाने कुराको लागि ठूलो चुनौति बनेको छ । त्यसैगरी बजारको लागि नकारात्मक विषय भनेको हाल जारी निषेधाज्ञा कहिलेसम्म हो ? सो महत्वपूर्ण हुने देखिन्छ अनि कोभिडको सङ्क्रमण बढ्ने वा घटने कुरा पहि अहम बन्ने निश्चित छ ।

सम्बन्धित समाचार