free website hit counter

सकियो कुलमानको गौरवमय कार्यकाल, यस्तो छ अबको तयारी

beemaadmin
२०७७ भाद्र २८, आईतवार

काठमाडौं । नेपाली जनतालाई अँध्यारो युगबाट उज्यालो युगमा ल्याउने एउटा सफल व्यवस्थापक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आजबाट सकियो । २०७३ साल भदौ २९ गते नियुक्त भएका घिसिङको ४ वर्षे कार्यकाल आइतबारबाट सकिएको हो । दैनिक १४ घण्टा लोडसेडिङ भएको बेला प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङ बिदा हुँदै गर्दा छिटफुट बत्ती जाने बाहेक लोडसेडिङको कुनै समस्या छैन ।
घिसिङले यो अवधिमा ३४ अर्ब सिञ्चित नोक्सानमा रहेको प्राधिकरणलाई करिब ५ अर्ब सिञ्चित नाफामा पुर्याउने र वार्षिक ८ अर्ब रुपैंया घाटा रहेको प्राधिकरणलाई ११ अर्ब नाफाको बलियो अवस्थामा पु¥याएर सफल पहिलो कार्यकाल समाप्त गरेका छन् ।
पुन नियुक्तिको दबाव कै कारउण घिसिङको कार्यकाल सकिए पनि प्राधिकरणबाट बिदाईका लागि कुनै पनि तयारी गरिएन । अर्को एक कार्यकाल थप्नुपर्ने चौतर्फी माग र घिसिङकै इच्छा पनि भएका कारण बिदाई नगरिएको हो । तर अन्तिम दिनसम्म उनको नियुक्तिका निर्णय भने हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्माओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच घिसिङलाई फेरि दोहोर्याउने सहमति भएअनुसार उर्जा मन्त्रालयले उनलाई पुनर्नियुक्ति गर्ने प्रस्ताव तयार पारिसकेको जनाएको छ ।

सम्बन्धित समाचार