free website hit counter

सक्रिय संक्रमितको संख्या २५ हजार कट्यो, एकै दिन ३४३९ संक्रमित थपिँए, उपत्यकामा मात्रै १६८४ संक्रमित

beemaadmin
२०७७ आश्विन २१, बुधबार

काठमाडौं । सक्रिय संक्रमितको संख्या २५ हजार कटेको खण्डमा लकडाउन गर्ने चर्चा चलिहरेको बेला बुधबारबाट सक्रिय संक्रमितको संख्या २५ हजार कटेको छ । पछिल्लो २४ घण्टामा देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाबाट संक्रमण हुनेको संख्या यो अहिलेसम्मकै बढी हो। योसँगै संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ हजार २ सय ९ जनाको पिसिआर परीक्षण गर्दा ३४३९ जनालाई संक्रमण देखिएको जानकारी दिए। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २४ घण्टामा ११ सय २६ जना डिस्चार्ज भएका छन्। योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको मन्त्रालयले जनाएको छ।

उपत्यकामा थपिए १६८४ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८४ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९६ , ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ। काठमाडौंमा २७ हजार २९३, ललितपुरमा ३ हजार ६९० र भक्तपुरमा २ हजार ७८८ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४३९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार