free website hit counter

सगरमाथा इन्स्योरेन्सका कर्मचारी र बीमितले सिद्वार्थ ग्रुपको होटलमा छुट पाउने

beemaadmin
२०७७ माघ १३, मंगलवार

काठमाडौं । सगरमाथा ईन्स्योरेन्स कम्पनीमा बीमा गरी भीआइपी कार्ड लिएका बीमित तथा बीमितका परिवार, सगरमाथा इन्स्योरेन्स कम्पनीका कर्मचारी र सञ्चालक तथा उनका परिवारले सिद्वार्थ विजनेश ग्रूप अफ हस्पिटालिटीकोमा छुट पाउने भएका छन् ।

ईन्स्योरेन्स कम्पनीका कर्मचारी र उनको परिवारहरुले सिद्वार्थ विजनेश ग्रूप अफ हस्पिटालिटीको सबै होटल, रिसोर्ट र क्याफेमा छुट पाउने भएका हुन् ।
दुई कम्पनीबीच आइतबार छुट सम्बन्धी सम्झौता भएको हो । कम्पनीका कर्मचारीहरुले खानामा १० प्रतिशत छुट र बसाईमा २५ प्रतिशतसम्म छुट पाउनेछन् । यो सुविधा सिद्वार्थ विजनेश ग्रूप अफ हस्पिटालिटीको देशभर रहेको २१ वटा होटलमा पाइने कम्पनीले जनाएको छ ।

देशको आन्तरिक पर्यटन सेवामा टेवा पुर्याउने उदेश्यले दुइ संस्थाबीच यस्तो समझदारी गरेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार