free website hit counter

सगरमाथा इन्स्योरेन्सको नाफामा सुधार

beemaadmin
२०७६ मंसिर ३, मंगलवार

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो बर्षको सोही अवधिको तुलनामा ३६ प्रतिशतभन्दा बढी नाफा कमाउन सफल भएको छ ।
सो निर्जिबन बीमा कम्पनीले अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासमा तीन करोड ६९ लाख रुपियाँ खुद नाफा कमाएकोमा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफामा उल्लेख्य सुधार सहित पाँच करोड एक लाख रुपियाँ खुद नाफा कमाउन सफल भएको हो ।
सगरमाथा इन्स्योरेन्सको पहिलो त्रैमासमा खुद बीमा शुल्क एक करोड ३६ लाख रुपियाँले बृध्दि भएर ३२ करोड ४९ लाख रुपियाँ पुगेको छ ।
त्यसैगरी कम्पनीको पुनर्बीमा कमिशन आयबाट आठ करोड १७ लाख, लगानी कर्जा तथा अन्य आयबाट दुई करोड ४० लाख रुपियाँ आम्दानी भएको जनाइएको छ ।
एक अर्ब १२ लाख रुपियाँ चुक्ता पुँजी सगरमाथा इन्स्योरेन्सको जगेडा कोषमा ३९ करोड ३३ लाख रुपियाँ रहेको छ भने बीमा कोषमा ४८ करोड ८७ लाख रुपियाँ सञ्चिति पुगेको छ ।
सगरमाथा इन्स्योरेन्सले ४३ हजार ९१६ नयाँ बीमालेख जारी गरी ६७ करोड ६९ लाख रुपियाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
सगरमाथा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २० रुपियाँ, प्रतिशेयर नेटवर्थ १९६ रुपियाँ रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार