free website hit counter

सगरमाथा र माईखोला आईपीओ निष्काशनको प्रक्रियामा

beemaadmin
२०७९ भाद्र २४, शुक्रबार

काठमाडौँ । दुई हाइड्रो पावर कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेका छन् । सगरमाथा हाइड्रोपावर कम्पनी र माईखोला हाइड्रो पावर कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गरेका हुन् । सगरमाथाले प्रतिकित्ता १०० रुपियाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि ५४ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केटलाई नियुक्त गरिसकेको छ ।
यता माईखोलाले प्रतिकित्ता १०० रुपियाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि १९ लाख २१ हजार ५६८ कित्ता आइपीओ निष्काशन गर्न अनुमति मागेको छ । उक्त कम्पनीले पनि यसअघि नै प्रभु क्यापिटल मार्केलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

सम्बन्धित समाचार