free website hit counter

सगरमाथा लुम्बिनीका अध्यक्ष मुलले गरे शपथ ग्रहण

beemaadmin
२०८१ बैशाख ३, सोमबार

काठमाडौं । अग्रणी निर्जिवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष मनोहर दास मुलले सपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलबाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । कम्पनीको २७औं वार्षिक साधारण सभाबाट ६ जना संचालक निर्वाचित भएका थिए । सो पश्चात बसेको संचालक समितिको बैठकले मुललाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो । प्रचलित कानुनको अधिनमा रही मुलुक र जनताको साझो चिताई कसैको डर नमानी पक्षपात नगरी पुर्वाग्रह तगा खराव भावना नलिई काम गर्ने अध्यक्ष मुलले बताउका छन् ।

सम्बन्धित समाचार