free website hit counter

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

beemaadmin
२०८३ श्रावण १९, मंगलवार

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत रोटरी क्लब अफ हिमालयन गल्फर्ससँगको सहकार्यमा नेत्रहीन महिला संघ नेपालका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

साउन १७ गते आयोजित कार्यक्रममा कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यको विशेष उपस्थिति रहेको थियो। शिक्षा तथा सामाजिक उत्थानमा योगदान पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले शिक्षा समाज रूपान्तरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको बताइन्। उनले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा रोटरी क्लब अफ हिमालयन गल्फर्सका पदाधिकारी, नेत्रहीन महिला संघ नेपालका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। अध्ययन सामग्री प्राप्त गरेका विद्यार्थीहरूले सहयोगप्रति आभार व्यक्त गर्दै यसले आफ्नो अध्ययनलाई थप सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदायको समग्र विकासलाई प्राथमिकतामा राख्दै विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

सम्बन्धित समाचार