free website hit counter

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रशिक्षण कार्यक्रम सम्पन्न

beemaadmin
२०८० चैत्र १४, बुधबार

काठमाडौं । निर्जिवन बीमा व्यवासमाय आफूलाई अब्बल सावित गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बिभिन्न शाखा कार्यालमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम चैत ९ र १० गते ५० जना भन्दा बढी कर्मचारीहरुको सहभागिता थियो । चितवन जिल्ला स्थित सौराहमा दुइ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कम्पनीले नेपाल बीमा प्राधिकरणको प्रचलित निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिलाइ मध्यनजर राख्दै प्रशिक्षण कार्यक्रम संचालन गरेको जनाएको छ । उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, क्लस्टर प्रमुख मछिन्द्र बोगटीका साथै केन्द्रिय कार्यालबाट प्रशिक्षणको लागि गएका प्रशिक्षकहरुले मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ, लेखा र ग्राहक सेवा लगायतका बिषयहरुमा प्रस्तुतिकरण दिएका थिए । उक्त प्रशिक्षण कायर्क्रमबाट कर्मचारीहरुमा नविन ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । मर्जर सँगै कम्पनीले बजार बिस्तारलाई पहिलो प्राथमिकता दिएको र बजार बिस्तारमा सबै भन्दा ठुलो भुमिका कर्मचारीहरुकै हुने हुँदा कम्पनीले केन्द्रमा रहेका कर्मचारीलाई मात्रै नभई प्रदेश स्तरका कर्मचारीलाई पनि उतिकै दक्ष बनाउने रणनीतिका साथ प्रशिक्षण दिएको जानाएको छ ।

सम्बन्धित समाचार