free website hit counter

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्‍यो ४.७८ अर्ब बीमाशुल्क आम्दानी

beemaadmin
२०८१ श्रावण २, बुधबार

काठमाडौं । निर्जीवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक वर्षको अवधिमा ४ अर्ब ७८ करोड रूपैयाँ कुल बीमाशुल्क आम्दानी गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०–८१ मा बीमा व्यवसायमार्फत् यो रकम आर्जन गरेको हो । यो बीमकले अघिल्लो आव २०७९–८० मा ३ लाख २९ हजार ९९६ वटा बीमालेखको बिक्रीमार्फत् कुल ४ अर्ब ५८ करोड २० लाख ३० हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कुल बीमाशुल्क आम्दानीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४।३२ प्रतिशतले वृद्धि गरेको छ। इन्स्योरेन्सले प्रकाशन गरेको तथ्यांक अनुसार गत आवमा एक वर्षको अवधिभित्र बीमितले २ अर्ब ८३ करोड रूपैयाँ दाबी भुक्तानी समेत पाएका छन् । कसिलो अण्डरराइटिङका कारण इन्स्योरेन्सको दाबी भुक्तानीवापतको रकम अघिल्लो आवको तुलनामा कमि आएको छ। अघिल्लो आव २०७९–८० मा यो बीमकले कुल ३ अर्ब ९ करोड रूपैयाँ दाबी भुक्तानी गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार