free website hit counter

सचिवालय बैठकमा ओलीका तुरुप

beemaadmin
२०७७ बैशाख १८, बिहीबार

काठमाडौं । नीतिगत चुरो कुरोमा प्रवेशै नगरी व्यक्तिमै केन्द्रीत नेकपाको सचिवालय बैठकले निश्कर्ष निकाल्न सकेन । राजनीतिमा तुरुप फाल्न र माहौल मोड्न निकै खप्पिस खेलाडीका रुपमा मैदानमा उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने नयाँ तुरुप फालेका छन् । नेकपाभित्रको गुटगत राजनीतिलाई भताभुंग बनाउन र आफ्नो कुर्सी बलियो बनाउन ओलीले यस्तो खेल शुरु गरेका हुन् । यसअघि पार्टीले गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्न सिफारिस गर्दासमेत सिफारिस नगरेका ओलीले बुधबारको सचिवालय बैठकमा एकाएक प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएका हुन् । राष्ट्रियसभा सदस्य बनाउन अस्वीकार गरेका ओलीले संसद नै नरहेका गौतमलाई ओलीले प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि सचिवालय बैठकमा नेताहरु आश्चर्यचकित भएका थिए । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभा सदस्य भए पनि प्रधानमन्त्री बन्न पाइँदैन । प्रधानमन्त्री ओलीले गौतमलाई मात्रै होइन वरिष्ठ नेता मावधकुमार नेपाललाई पनि तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् । बैठकमा प्रचण्ड र माधव नेपाललगायतका सचिवालयका अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका बेला अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव ल्याएर माहौल मोड्न सफल भएका थिए । ओली भने राजीनामा पनि नदिने र स्थायी कमिटी पनि नबोलाउने पक्षमा छन् । आफ्नो बचाउमा उत्रिएका ओलीले आफू प्रधानमन्त्री नहुने भए कोरोनाको महामारी रोकिएपछि बामदेव गौतमलाई बनाऔं भन्ने प्रस्ताव राख्दै वरिष्ठ नेता माधव नेपाललाई पनि तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेका हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार