free website hit counter

सनराइजका ग्राहकलाई टर्किस एयरमा छुट

beemaadmin
२०७६ पुष ३, बिहीबार

काठमाडौं । बैंकिङ सेवालाई सरल र सहज बनाउने अभियानमा रहेको सनराइज बैंकले आफ्ना ग्राहकहरुको सुविधामा पनि वृद्धि गरिरहेको छ । यसअघि अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको बैंकले अहिले आएर ट्राभल र टुरिजम क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यसहित टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत सनराइजका ग्राहकहरुले टर्किस एयरलाइन्सको टिकट खरिद गर्दा इकोनोमिक क्लासमा ७ प्रतिशतसम्म र बिजनेस क्लासमा १० प्रतिशतसम्मको छुट पाउने बताइएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले यूरोप भ्रमणमा जाँदा थप १० केजीसम्म सामान लान पाउने भएका छन् । सनराइज बैंकको प्रधान कार्यालय, गैरीधारामा एक कार्यक्रममा टर्किस एयरलाइन्सको तर्फबाट नेपालको लागि कन्ट्री म्यानेजर अब्दुल्ला टुन्चेर केटिची र सनराइज बैंकका तर्फबाट बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २५, मंगलवार