free website hit counter

सनराइजको ऋणपत्र बिक्यो

beemaadmin
२०७६ मंसिर २१, शनिबार

काठमाडौं। सनराइज बैंकले निष्काशन गरेको तीन अर्ब रुपैयाँको ऋणपत्र पूर्ण रुपमा बिक्री भएको छ। बैंकले गत कात्तिक २० गतेदेखि ऋणपत्र निष्काशन गरेको थियो। जसमा सर्वसाधारणको लागि एक अर्ब २० करोड रुपैयाँ निष्काशन गरेको थियो। यसका लागि एक हजार छ सय सर्वसाधारण आवेदकले चार लाख ७१ हजार ७८३ कित्ताको लागि आवदेन दिएका थिए। सर्वसाधारणले मात्रै ४७ करोड १७ लाख रुपैयाँको लागि आवेदन दिएका हुन्।

प्राइभेट प्लेसमेन्टबाटै दुई अर्ब ५२ करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न सफल भएको हो। बैंकले १०.२५ प्रतिशत व्याजदरमा २०८३ सम्मको अवधिका लागि ऋणपत्र निष्काशन गरेको थियो। बैंकले केहि समय अगाडि एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको थियो। यससँगै बैंकसँग चार अर्ब रुपैयाँको ऋणपत्र भएको छ। एक अर्ब रुपैयाँको लागि भने १० प्रतिशत व्याजदर थियो।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्दै पर्ने व्यवस्था गरेको छ। यो ऋणपत्र बिक्री भएसँगै नेपाल राष्ट्र बैंकको निर्देशन पनि पालना हुनेछ।

सम्बन्धित समाचार