free website hit counter

सनराइजको शाखारहित बैंकिङ्ग सेवा मोलुङमा

beemaadmin
२०७६ पुष १७, बिहीबार

ओखलढुङ्गा । बैकिङ पहुँच नपुगेका गाउँका दूरदराजमा समेत सेवा पुर्याउने उद्देश्य लिएको सनराइज बैंक लिमिटेडले ओखलढुङ्गाको मोलुङमा ४३औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि गोपाल तामाङलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै मोलुङ गाउँपालिका– ६ का वडा अध्यक्ष रामकाजी तामाङ तथा बैंकका प्रदेश १ का प्रतिनिधी पुर्णबहादुर थापाले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका थिए  ।

सम्बन्धित समाचार