free website hit counter

सनराइजले थप्यो दुई शाखारहित बैंकिङ्ग सेवा

beemaadmin
२०७६ पुष २४, बिहीबार

काठमाडौं । देशका सबै दुर्गम स्थानमा समेत बैकिङ सेवा पुर्याउने उद्देश्य लिएको सनराइज बैंक लिमिटेडले लम्जुङको ठुलीबेसी र तनहुँको टुहुरेपसलमा शाखारहित बैंकिङ्ग सेवा थप गरेको छ ।

पौष २१ गते सोमबार एक कार्यक्रमका बीच आयोजित एक कार्यक्रममा ४४ औं शाखारहित बैंकिङ्ग सेवा मस्र्याङ्दी गाँउपालिकाका वडाध्यक्ष लिलाप्रसाद घलेले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि कर्ण सिंह तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए ।

Advertisement
Advertisement

यसैगरी पौष २२ गते मंगलबार ४५औं शाखारहित बैंकिङ्ग सेवा भानु नगरपालिकाका प्रमुख तारानरेश पौडेल र गण्डकी प्रदेशका कार्यालय प्रमुख रबिन्द्र केसीले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि बिष्णु शिलवाललाई पोइन्ट अफ सेल मेसिन संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । दुबै शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार