free website hit counter

सनराइजले दियो दुई अस्पताललाई पीपीई

beemaadmin
२०७६ चैत्र २५, मंगलवार

काठमाडौं । मुलुक संकटमा परेको बेला सबै संघसंस्थाले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न सक्नुपर्छ । सनराइज बैंकले पनि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै भक्तपुर क्यान्सर अस्तपताल र तिलगंगा आखाँ अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीइ वितरण गरेको छ। कोरोना भाइरसको महामारी फैलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको अवस्थामा बैंकले पीपीई वितरण गरेको हो।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि उक्त पीपीइ दिएको हो। सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्पतालका मेडिकल निर्देशक प्रोफेसर डा। ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पिपिइ र ५०० थान माक्स हस्तान्तरण गरेका हुन्।
साथै, तिलगंगा आखाँ अस्पतालमा पनि ५ थान पीपीइ बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले हस्तान्तरण गरेका छन्। हालसम्म सनराइज बैंकले सातै प्रदेशमा रहेको विभिन्न अस्पतालमा ४०० वटाभन्दा बढी पीपीइ उपलब्ध गराईसकेको छ भने अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको बैंकले जनााएको छ।

सम्बन्धित समाचार