free website hit counter

सनराइजले ल्यायो ५ नयाँ शाखा सञ्चालनमा

beemaadmin
२०७७ असार २९, सोमबार

काठमाडौं । महामारीकै बीचमा पनि सेवा दिइरहेका बैंकहरुले शाखा सञ्जाल विस्तारलाई पनि अगाडि बढाइरहेका छन् । सनराइज बैंकले काठमाडौं उपत्यकामा एकैपटक पाँचवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले आइतबार एक कार्यक्रम आयोजना गरी काठमाडौं उपत्यकामा चारवटा शाखा कार्यालय र एकवटा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो । बैंकले कपन, भङ्गाल, कान्तिपथ, कुमारीगालमा शाखा कार्यालय र हरिसिद्धिमा एक्सटेन्सन शाखा कार्यालय गरी एकैसाथ पाँच वटा कार्यालय सञ्चालनमा ल्याएको हो । शाखा कार्यालयहरुको उद्घाटन गर्दैं बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले कोभिड १९ को असरका कारण खर्च कटौतिमा ध्यान दिनुपर्ने अवस्था आएपनि पूर्व निर्धारित योजना अनुसार शाखा कार्यालयहरु सञ्चालनमा ल्याइएको बताए । उनले शाखा कार्यालयको विस्तार भएसँगै त्यस क्षेत्रका नागरिकहरुका लागि बैंकिङ सुविधा सहज हुने र बैंकको व्यवसायमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे । सनराइज बैंकको नयाँ शाखा कार्यालयहरु स्थापना भएसँगै शाखा कार्यालयको संख्या १ सय ३४ पुगेको छ । यस्तै बैंकले देशभर १ सय ६० एटिएम काउन्टर, ४८ वटा शाखा रहित बैंकिङ र १० एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।

सम्बन्धित समाचार

आशा लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार

क्रेष्ट माइक्रो लाइफले आइपीओ जारी गर्ने

beemaadmin
२०८१ बैशाख २०, बिहीबार

एकै दिन २७ सयले घट्यो सुन

beemaadmin
२०८१ बैशाख १९, बुधबार

हिमालयन लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख १८, मंगलवार