free website hit counter

सनराइज बैंकद्वारा पीपीई हस्तान्तरण

beemaadmin
२०७७ बैशाख १, सोमबार

काठमाडौं । सनराइज बैंकले आफ्नो सामाथिक उत्तरदायित्व निर्वाह गर्दै प्रदेश ५ को प्रादेशिक कार्यालयबाट २५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरेको छ । साथै बी.पी. कोइराला स्वास्थ्य विज्ञान संस्थान धरानका प्राध्यापक डा. गौरी शंकर शाहलाई बैंकका प्रदेश १ का प्रादेशिक कार्यालयको प्रमुख विबेक निरौलाले ३३ थान पीपीई हस्तान्तरण गरे ।
प्रादेशिक कार्यालयका प्रमुख विबेक निरौलाल विपत्तिको समयमा राज्यलाई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउँदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेको बताए । हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ५०० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार