free website hit counter

सनी लियोनीको बाटो पछ्याउँदै शमा

beemaadmin
२०७८ असार ३, बिहीबार

एजेन्सी । नाम चलेका कलाकारको सिको गर्ने जुनियर कलकार थुप्रै हुन्छन् । सबै चर्चित बन्दैनन् । भारतीय टेलिभिजन अभिनेत्री शमा सिकंदरले बलिउड अभिनेत्री सनी लियोनीको फोटोसुट कपी गरेकी छिन् । शमाले पनि आफ्नो न्यूड फोटो शेयर गरेकी छिन् । केही दिनअघि सनीले पनि आफ्नो न्यूड फोटो शेयर गरेकी थिइन् । सनीले यो फोटो बलिउड फोटोग्राफर डब्बु रतनानीको क्यालेण्डरको लागि खिचाएकी थिइन् । पछिल्लो समय शमाको फोटो पनि इन्टरनेटमा निकै चर्चामा छ । सनीले आफ्नो न्यूड फोटोसुटमा एउटा ठूलो ह्याटले आफ्नो शरीर छेकेकी थिइन् । शमाले पनि ठिक त्यस्तै गरी ह्याटले नै आफ्नो शरीर छेकेकी छिन् । शमाले अमेरिकाको न्यूयोर्कबाट आफ्नो हट फोटो शेयर गरेकी हुन् । फोटोमा शमा सिसाको झ्यालमा आड लगाएर उभिएकी छिन् । सनी र शमाको फोटोग्राफी र लोकेसन फरक छ तर पोज भने उस्तै छ । शमा अहिले न्यूयोर्कमा ब्वाइफ्रेण्ड जेम्स मिलिरोनसँग छिन् । उनले हालै सूर्यास्तको आनन्द लिइरहेका केही फोटोहरु पनि शेयर गरेकी थिइन् । फोटोमा जेम्स पनि देखिएका थिए । केही दिनअघि पनि शमाले न्यूड फोटो शेयर गरेर सनसनी फैलाएकी थियन् । शमाले बेलाबेला यस्ता फोटोहरु शेयर गरिरहन्छिन् । उनका तस्वीर कैयौं म्यागजिनको कभरमा पनि छापिइसकेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार