काठमाडौं । २० वर्ष लामो यात्रा टुंग्याएर विवेक झा नेपाल लाइफ इन्स्योरेन्स बीदा भएपछि कम्पनीको कार्यवाहक सिइओमा सन्तोष प्रसाइले जिम्मेवारी पाएका छन् । प्रमुख कार्यकारी अधिकृत झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको हो । असार ३१ गते बसेको संचालक समितिको बैठकले उनलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको जनाइएको छ । प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव बटुलिसकेका छन् ।