free website hit counter

सन्दिप आफैं आउँछन् कि नेपाल ल्याइन्छ ?

beemaadmin
२०७९ भाद्र २३, बिहीबार

काठमाडौं । एउटा राष्ट्रिय टिमको क्याप्टेनमाथि आरोप लागेपछि कानुनी उपचारका लागि खेलाडी स्वयं कानुनी दायरामा आउनैपर्छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई बलात्कारको आरोप लागेको छ। भदौ ५ गते राति सन्दीपले बलात्कार गरेको भन्दै १७ वर्षीया किशोरीले जाहेरी दिएकी हुन्। केन्या भ्रमणमा जानु अघिल्लो दिन सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेको र राति होटलमा लगेर बलात्कार गरेको आरोप छ। गौशाला वृत्तमा जाहेरी दर्ता भएसँगै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए। यस्तै सन्दीपमाथि अनुसन्धान अगाडी बढाउन प्रहरीले नेपाल क्रिकेट संघ ९क्यान० लाई पनि पत्र पठाउने भएको छ। प्रहरीले आवश्यक अनुसन्धानका लागि क्यानलाई पत्र पठाएसँगै क्यानले सन्दीपलाई निलम्बन गर्ने संभावना छ। बुधबार नै क्यानले बैठक बोलाएको छ। सन्दीपको विषयमा पनि छलफल हुने क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले बताए। मल्लले भने, ‘आज बस्ने क्यानको बैठकका एजेन्डा अरु पनि छन्। तर सन्दीपको विषयमा पनि छलफल हुन्छ। हामी प्रहरीलाई अनुसन्धानका लागि सहयोग गर्छौं।’ जिल्ला अदालतबाट म्याद थप भएपछि प्रहरीले सन्दीपलाई नेपाल झिकाउन समेत क्यानको सहयोग माग्ने छ। प्रवक्ता राईले अहिले घटनाको प्रारम्भिक अनुसन्धानकै क्रममा रहेकाले अनुसन्धान अधिकृतले तत्काल नेपाल ल्याउन आवश्यक भने त्यही अनुसारको प्रक्रिया अगाडी बढाउने र नभए औपचारिक प्रक्रियाबाटै अगाडि बढ्ने बताए।
प्रहरीले सन्दीपलाई तत्काल नेपाल झिकाउन क्यानलाई पत्र लेख्न सक्छ। क्यानले तत्काल उनलाई नेपाल ल्याउन नसकिने बताए प्रहरीले इन्टरपोल मार्फत प्रक्रिया अगाडि बढाउने छ। तर अहिले नै यी प्रक्रियामा जानु भन्दा पनि सामान्य प्रक्रियाबाटै उनी आफैं नेपाल आउनेबाटोमा जाने प्रहरीको तयारी छ। अनौपचारिक रुपमा सन्दीपलाई पठाइदिन स्थानीय प्रहरीलाई आग्रह गर्न पनि सक्नेछ। उनी क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। उनी जमैका तालावामा आबद्ध छन्। उनीसँगै ६ गते केन्या प्रस्थान गरेका खेलाडीहरु बुधबार बिहान काठमाडौं आइपुगेका छन्। उनले भने केन्यासँगको एकदिवसीय क्रिकेट नखेली सीपीएलका लागि प्रस्थान गरेका थिए।
क्यानको निर्णयसँगै उनले अब त्यहाँ लिग खेल्न पाउने नपाउने टुंगो लाग्नेछ। क्यानले पत्र पठाए क्लबले उनलाई त्यहाँबाट तत्काल फिर्ता पठाउनेछ। लिगको अन्तिम खेल भने अक्टोबर १ मा हुने तालिका छ। सन्दीपलाई तत्काल फिर्ता गर्न प्रहरी र क्यानले निर्णय नलिए र उनी आवद्ध क्लब फाइनलमा पुगे त्यसपछि मात्रै उनी नेपाल फर्कनेछन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार