free website hit counter

सन्दीपले भने, उनी नाबालिग होइनन्

beemaadmin
२०७९ आश्विन २४, सोमबार

काठमाडौं । सन्दीप लामिछानेले आफूलाई बलात्कारको आरोप लगाउने युवतीले १९ वर्ष उमेर भएको बताएको दाबी गरेका छन् । सन्दीपले सोमबार म्याद थपका लागि अदालत लैजाने क्रममा न्यायाधीशसँग युवतीले आफू १९ वर्ष भएको बताएको र भविष्यमा फाइदा हुने भएकाले उमेर घटाएको भनेको उनका कानुन व्यवसायी सुधा रिजालले बताइन् । अधिवक्ता रिजालले पीडित युवतीका दुईवटा जन्मदर्ता देखिएको र त्यसमा नाबालिग नदेखिएको बताइन् ।

पीडित भनिएकी युवतीकै दुईवटा जन्मदर्ता
सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवती नाबालिग नरहेको उनका कानुन व्यवशायीले दावी गरेका छन्। ती युवतीको दुईवटा जन्मदर्ता भेटिएको र नाबालिग नरहेको पाइएको सन्दीपका कानुन व्यवसायीको दावी छ।

सम्बन्धित समाचार