free website hit counter

सन्दीप एक साता हिरासतमै

beemaadmin
२०७९ आश्विन २४, सोमबार

काठमाडौं जिल्ला अदालतले नाबालिगमाथि बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ। गत बिहीबार कतारको दोहा हुँदै सन्दीप नेपाल फर्किएका थिए। त्रिभुवन विमानस्थलबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। दशैँ विदा सकिएलगत्तै सोमबार अदालत खुलेपछि प्रहरीले लामिछानेलाई अदालतमा पेस गरेको हो। क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २१ गते एक युवतीले जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन् ।
त्यसलगत्तै सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। सन्दीप भने क्यारेबियन लिग खेल्न गएका थिए। पटक पटक आफू नेपाल फर्किने बताएर नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो। त्यसपछि भने उनी गत बिहीबार नेपाल फर्किएका थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार