free website hit counter

सन नेपालद्वारा पन्त परिवारलाई बीमा दावी भुक्तानी

beemaadmin
२०८० जेष्ठ ६, शनिबार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ लाखको मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले धनगढी कलालीमा आयोजीत एक कार्यक्रममा बीमितका श्रीमती गिता पन्तलाई उक्त रकम भुक्तानी गरेको हो । बीमित स्व जमनसिंह ठगुन्नाको फागुन १३ गते दुबईमा मृत्यु भएका थियो । उनले कम्पनीको वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेको थिए । कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले ठगुन्नालाई किरीया खर्च, बीमाङ्क रकम, अन्य आय नोक्सानी, शव ढुवानी खर्च गरी सो रकम बराबरको चेक हस्तातरण गरेका थिए ।

सम्बन्धित समाचार