फत्तेपुर । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाँकेको फत्तेपुरमा एक कार्यक्रमको आयोजना गरी बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी हस्तान्तरण गरेको छ ।
बिमित एलिश थारुको प्रस्तावक आशाराम थारुको असोज २१ मा मृत्यु भएकोमा मासिक आय सुविधा र क्रिया खर्च रकम वापत मृतककी श्रीमती सीता थारुलाई ३१ हजारको चेक हस्तान्तरण गरिएको छ । कम्पनीका महाप्रबन्धक कमलराज गौतमले सो रकम हस्तान्तरण गर्नुभएको थियो ।
कम्पनीद्वारा नेपालगञ्जमा बीमा जागरण तथा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे जानकारी दिनुभएको थियो ।