free website hit counter

सन नेपालद्वारा मृत्यु दावी भुक्तानी

beemaadmin
२०७९ जेष्ठ २१, शनिबार

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका १४ निवासी रुद्रमणी गौतमको परिवारलाई रु पन्चानब्बे हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो । सन नेपाल लाईफ ईन्स्योरेन्सका विमित नाबालक श्री रुद्रमणी गौतमको प्रस्तावक तथा आमा चन्दा गुरुङ्ग गौतमको एलडि एलकेलीक हेपाटिसको कारणबाट मृत्यु भएको हुँदा हुँदा निज प्रस्तावकको मृत्यु दाबीको मासिक आय सुविधा बापतको रकम रु ७०००० र किरिया खर्च वापतको रकम रु २५००० गरी जम्मा रु ९५००० रुपैयाँ निज विमितको संरक्षक तथा हजुरबुवा भविश्वर गौतमलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको उपस्थितिमा हस्तान्तरण गरिएको छ । यस पश्चात मासिक रुपमा बीमाङ्कको २ प्रतिशतका दरले हुन आउने रकम विमितको उमेर १६ वर्ष हुन्जेलसम्म कम्पनीले भुक्तानी गर्नेछ भने विमितले वार्षिक रुपमा बुझाउनु पर्ने बीमाशुल्क बापतको रकम पनि कम्पनीले छुट दिनेछ । निजले सन नेपाल लाईफ गुल्मी शाखामा चार वर्ष अघि रु एक लाख विमांकको बाल सावधिक जीवन बीमा पोलिसी गरेका थिए, कृषि कर्म गर्दै आइरहेकी गौतमको उपचारको क्रममा मृत्यु भएको थियो ।

सम्बन्धित समाचार