free website hit counter

सन नेपाल लाइफको आइपीओ सर्वसाधारणका लागि खुल्यो

beemaadmin
२०८० श्रावण ३२, बिहीबार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ सर्वसाधारणका लागि खुला भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न गरी कम्पनीले सर्वसाधारणका लागि कम्पनीले आजदेखि आइपीओ निष्काशन गरेको हो। कम्पनीले ७६ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ। बाँकी रहेको शेयरमध्ये ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ भने ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ। सर्वसाधारणले अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ। उक्त आइपीओमा लगानीकर्ताले भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा भदौं १४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओ निष्काशन तथा तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार