free website hit counter

सन नेपाल लाइफको आईपीओ शुक्रबार बाँडफाँट हुने

beemaadmin
२०८० भाद्र १२, मंगलवार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आगामी शुक्रबार बाँडफाँट गरिने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मचेन्ट बैंकिङका अनुसार बिहान ८ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । उक्त कम्पनीको आईपीओका लागि १५ लाख ७७ हजार ७ सय ४४ जनाले ४ अर्ब २६ करोड १९ लाख १९ हजार ७ सय रुपियाँ १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका छन् । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ९ लाख ६० हजार कित्ता शेयर बिक्री गरेको कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपियाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपियाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपियाँ थप गरी कुल २३९ रुपियाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको र ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता अंकित मूल्य रु १०० मा रु १३९ थप गरी प्रतिकित्ता २३९ रुपियाँमा सर्बसाधारणका लागि बिक्री गर्न लागिएको हो । सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ७ लाख ६८ हजार जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार