free website hit counter

सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन २ अर्ब

beemaadmin
२०८१ माघ ३०, बुधबार

काठमाडौं । सन नेपाल लाइफ कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २८ करोड २२ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १४.०६ प्रतिशतले घटेको हो । गत आवमा कम्पनीले ३२ करोड ८४ लाख रुपियाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले २ अर्ब १८ करोड ६२ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले १ अर्ब ५८ करोड ६४ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आवको सोही अवधिको तुलनामा ३७.८१ प्रतिशतले बढेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ९६ करोड ९४ लाख रुपियाँ रहेको छ । त्यस्तै, कम्पनीको महाविपत्ति कोषमा १८ करोड ९१ लाख रुपियाँ, रिटेन्ड अर्निङमा ७७ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा ३९ करोड ६ लाख रुपियाँ रहेको छ । ३ अर्ब ९६ करोड चुक्ता पुँजी रहेको रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १०.२६ बाट बढेर १४.२५ रुपियाँ कायम भएको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ४२.९५ गुणा र प्रतिशेयर नेटवर्थ १६६.१२ रुपियाँ रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार