free website hit counter

सन नेपाल लाइफको सुदूरपश्चिममा सम्मान तथा अवार्ड कार्यक्रम सम्पन्न

beemaadmin
२०८३ भाद्र १, सोमबार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी डेभलपमेन्ट म्यानेजर (ADM) तथा इमर्जिङ सन क्लब अचिभर्सलाई सम्मान गरेको छ।

कम्पनीको आयोजनामा आइतबार धनगढीस्थित होटल पौवामा आयोजित सम्मान तथा अवार्ड कार्यक्रममा सुदूरपश्चिम प्रदेशभरका ADM तथा Emerging Sun Club Achievers को उल्लेखनीय सहभागिता रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागी अतिथि तथा अभिकर्तालाई कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण शाखा प्रमुख योगेन्द्र अधिकारीले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले सुदूरपश्चिम प्रदेशमा जीवन बीमा व्यवसाय विस्तारका लागि पर्याप्त सम्भावना रहेको बताए। उनले आगामी दिनमा प्रदेशमा अझ प्रभावकारी रूपमा व्यवसाय विस्तार गर्न सकिने उल्लेख गर्दै यहाँका ADM तथा अभिकर्ताहरू अनुभवी, लगनशील र जिम्मेवार रहेको बताए।

अभिकर्ताहरूको क्षमता र सक्रियतालाई उचित ढंगले परिचालन गर्न सके सुदूरपश्चिममा उत्कृष्ट व्यावसायिक उपलब्धि हासिल गर्न सकिने उनको भनाइ थियो।

त्यस्तै, प्रमुख बजार अधिकृत गणेश चौलागाईंले कम्पनीका नीति तथा कार्यक्रमबारे जानकारी दिँदै आगामी दिनमा अभिकर्तालाई थप सेवा–सुविधा तथा प्रोत्साहनमूलक योजना उपलब्ध गराउने बताए। उनले अभिकर्ताको मनोबल र व्यावसायिक क्षमता अभिवृद्धिलाई कम्पनीले प्राथमिकतामा राखेको उल्लेख गर्दै ग्राहक सेवा तथा बीमा व्यवसाय विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने ADM तथा Emerging Sun Club Achievers लाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। सम्मानबाट अभिकर्ताहरूमा थप ऊर्जा र उत्साह बढेको तथा आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादन गर्न प्रेरणा मिलेको सहभागीहरूले बताएका थिए।

कम्पनीका अनुसार सुदूरपश्चिम प्रदेशमा जीवन बीमाको पहुँच विस्तारसँगै अभिकर्ता सञ्जाललाई थप सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले नेतृत्व विकास, अभिकर्ता उत्प्रेरणा र व्यावसायिक क्षमता अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याएको छ।

सन नेपाल लाइफले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले बीमाको पहुँच विस्तार, अभिकर्ता सञ्जालको विकास, ग्राहक सेवा सुधार तथा व्यवसाय विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको जनाएको छ।

सम्बन्धित समाचार