सन नेपाल लाइफलाई आईक्यानको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान
beemaadmin २०८३ असार १७, बुधबार
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य प्रचलित लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।
Advertisement
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले यो सम्मानले वित्तीय पारदर्शिता, सुशासन तथा उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउन प्रेरणा र जिम्मेवारी थपिएको बताए। उनले यस उपलब्धिमा योगदान पुर्याउने बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।
Advertisement
हाल सन नेपाल लाइफले देशभर १५० शाखा तथा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले शिक्षा, स्वास्थ्य तथा जोखिम व्यवस्थापनका क्षेत्रमा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।