free website hit counter

सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड

beemaadmin
२०८१ माघ २७, आईतवार

काठमाडौँ । जीवन बीमा बजारमा आफूलाई अब्बल सावित गर्दै अघि बढेको सन नेपाल लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । बैंककमा आयोजना भएको आईसीसी २०२४ एसिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बीमा कम्पनीहरू मध्येबाट उत्कृष्टताको आधारमा इन्स्योरेन्सले तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको जनाएको छ। कम्पनीले ‘उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति’ ‘बीमा क्षेत्रमा महिला नेतृत्व र उत्कृष्ट ग्राहकमैत्री जीवन बीमा सेवा’ विधामा अवार्ड पाएको प्रेस नोटमार्फत जनाएको छ। उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले ग्रहण गरे । यसले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने कम्पनीको विश्वास छ । सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू मार्फत देशभर जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार