free website hit counter

सबैभन्दा बढी नाफा गर्ने आईएमई लाइफ

beemaadmin
२०७६ मंसिर ३, मंगलवार

काठमाडौं । आर्थिक वर्ष २०७५–७६ का लागि नेपाल पूनर्बीमा कम्पनीमा पूनर्बीमा प्रदान गरेका जीवन बीमा कम्पनीहरु मध्ये आईएमई लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी नाफामुलक व्यवसाय गरेको छ । इन्स्योरेन्सले पूर्नबीमा शुल्क र दाबीको आधारमा सबैभन्दा बढी नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त गरेको छ ।
उक्त सम्मानपत्र नेपाल पूनर्बीमा कम्पनीको छैठौं वार्षिक उत्सव कार्यक्रमको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले इन्स्योरेन्सलाई प्रदान गरेको हो । इन्स्योरेन्सले ७६ जिल्लामा आफ्नो १०० भन्दा बढि शाखा तथा उपशाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी, कम्पनीले घातक रोग विरूद्ध उपचार खर्च, लघुवीमा, सामुहिक बीमा लगायत बीमितलाई प्रत्यक्ष फाइदा पुग्ने विभिन्न किसिमका बीमा योजना प्रचलनमा ल्याएको छ ।
कम्पनीले निकट भविष्यमा समेत सम्भावित ग्राहक एवं बीमितको चाहना अनुरुप लाभदायक बीमा योजनाहरू प्रस्तुत गर्ने बताएको छ । साथै, कम्पनीले थप शाखा तथा उपशाखा कार्यालयहरू मार्फत सेवा विस्तार गरि जीवन बीमाको पहुंच वृद्धि गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार