काठमाडौं । निलम ढुङ्गाना र बम बहादुर मिश्र नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बनेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर बनाउने निर्णय बताइएको छ ।
राष्ट्र बैंकमा रिक्त रहेको दुई डेपुटी गभर्नर पदका लागि ब्यापक लबिङ हुँदै आएको थियो । डेपुटी गभर्नरको लागि निलम र बम बहादुरसहित कार्यकारी निर्देशक डा प्रकाश श्रेष्ठ, डा गुणाकर भट्ट, देव कुमार ढकाल भुवन कँडेल, नेफिल मटाङ्गी मास्केलगायतको नाम चर्चामा थियो ।
गत फागुन १८ गते डेपुटी गर्भनरका रुपमा रहेका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछि सो पद खाली रहेको थियो । राष्ट्र बैंकमा पहिलो पटक महिला डेपुटी गभर्नर नियुक्त भएको हो ।